काठमाडौँ– डडेल्धुरा प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार डा.ताराप्रसाद जोशी निर्वाचित भएका छन् । कुल ११ हजार १७० मतसहित जोशी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


उनले बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका गोविन्दराज बोहरालाई ४८० मतान्तरले पराजित गरे। बोहोराले १० हजार ९७० मत पाएका छन् ।


ADVERTISEMENT

# # #


निर्वाचित जोशीले यसअघिअसन्तुष्टि जनाउँदै नेकपा समाजवादी पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार दिएका हुन् । यद्यपि उनलाई नेकपा एसले नै समर्थन गरेको थियो ।