काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले दलिय स्वार्थभन्दा माथि उठेर देश र जनताको सेवा गर्ने बेला आएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेता सिंहले निर्वाचनका बेला दलहरुबीच जस्तो तिक्तता आएपनि अव दलिय स्वार्थभन्दा माथि उठेर देश र जनताको सेवा गर्ने बेला आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफुले निर्वाचनका बेला गरेका प्रतिवद्धता र जनताको समस्याका साथै देशलाई अघि बढाउनका लागि आवश्यक भूमिका खेल्ने जिकिर गरे । यसअघि जनताले दिएको म्याण्डेडलाई वेवास्ता गर्दा जनतामा निराशा छाएको भन्दै अव पाँच बर्ष जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने उनको भनाई छ ।

काठमाडौ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र बितरण गरेको हो ।