काठमाडौँ–  एनआइसी एसियाले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारि गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।


ADVERTISEMENT


बैंकले निष्काशन गर्ने अनुमति पाएको ३० लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा जारि गर्नेछ भने बाँकी २४ लाख कित्ता ऋणपत्र आफ्नै पहलमा अन्य संघ संस्थालार्इ बिक्री गर्नेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।


ADVERTISEMENT

# # #


बैंकले ७ बर्ष अवधिका लागि ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो। बैंकले ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने जनाएको छ। उक्त ऋणपत्र दोस्रो बजारमा समेत खरिद बिक्रि हुनेछ।

यस ऋणपत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकको बिश्वास छ। बैकले थप पूँजी निर्माणको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो।