विराटनगर – नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् ।


ADVERTISEMENT


विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि दलको नेतामा दावी गर्दै आएका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक छन् ।


ADVERTISEMENT

# # #


अर्याल संविधानसभा सदस्य तथा मोरङ–५ प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित संसद छन् । प्रदेश सभापति थापा समानुपातिक सांसद र कार्की मोरङ ६ प्रदेशसभा २ बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कार्की हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्

निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ छन्। त्यस्तै थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई छन् ।

प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सांसद छन् । नेता चयनका लागि भोलि विहान ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।