– केटी वाट्सन् /बीबीसी


ADVERTISEMENT


महान फुटबलर पेलेको निधन भएको खबर सुनेपछि ब्राजिलको साव पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालबाहिर समर्थकहरू भेला हुन थाले । केहीले समर्थकले ब्राजिलको फुटबल क्लब सान्तोसका लागि खेल्दा पेलेले लगाएको १० नम्बरको जर्सी लगाएका थिए। केहीले ‘अनन्त राजा पेले’ लेखिएको ब्यानर समातेका थिए ।


ADVERTISEMENT

# # #


यो एक त्यही दुखद र डरलाग्दो क्षण थियो जुन ब्राजिलियनहरूले केही समयदेखि अनुमान गर्दैका थिए । ब्राजिललाई तीन पटक विश्वकप जिताएका फुटबलका जादुगर पेलेको जब निधनको खबर फैलियो, यो झन दर्दनाक क्षण थियो । अस्पतालले कोलोन क्यान्सरका कारण शरीरका धेरै अंगले काम गर्न छाडेपछि पेलेको निधन भएको विज्ञप्ती जारी गर्यो । जसमा भनिएको थियो, ‘हाम्रा प्यारा फुटबलका राजा’को परिवार र समर्थकमा पर्न गएको पीडा हामी बाँड्न चाहन्छौँ ।’

यसले पनि त्यो ब्राजिलियनहरूको लागि उनी कत्तिको महत्त्वपूर्ण भए भन्ने कुराको संकेत गर्छ । पेले पक्कै पनि विश्वभरका फुटबल लिजेन्ड थिए नै, तर ब्राजिलका मानिसहरुका लागि उनी त्यसभन्दा पनि धेरै थिए ।

ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला दा सिल्भा, जो आइतवार सपथ ग्रहण गर्न गर्दैछन्, उनले आफूले पेले खेलेको देख्ने सुअवसर पाएको बताएका छन् । साथै उनले थपेका छन, ‘यो केबल एक खेल थिएन, एक कला प्रदर्शन थियो ।’ उनले ट्वीटरमा भनेका छन्, ‘थोरै ब्राजिलियनहरूले हाम्रो देशको नाम उचाईंमा पुर्याएका छन् । उनीजस्तो अर्को १० नम्बर कहिल्यै कोही थिएन ।’

हरेक ब्राजिलियनका लागि पेलेको अर्थ थियो । पुरानो पुस्ताले उनलाई एक खेलाडीको रूपमा सम्झिन्थे, युवा ब्राजिलियनहरू उनको अभूतपूर्व कौशलको बारेमा कुरा गर्थे । तर, पेले एउटा फुटबलर मात्रै पिथएनन्, आफ्नो राष्ट्र ब्राजिललाई फुटबलका माध्यमबाट एकतावद्ध गर्ने शूत्राधार थिए ।

सम्बन्धित समाचार
फुटबल दुनियाँका स्टार पेलेको नाम कसरी पेले रहन गयो ?

ब्राजिल एउटा यस्तो देश हो, जो फुटबलकै कारण चर्चित छ । विश्वकपको समयमा ब्राजिलियनहरूलाई उनीहरूको राष्ट्रिय टोलीको खेल हेर्न बिदा दिइन्छ। यसपटकको विश्वकपमा पेलेले अस्पतालको बेडबाटै आफ्नो टोलीलाई शुभकामना दिँदै मनोबल बढाइरहेका थिए । यता ब्राजिलियनहरु भने पेलेको सुस्वास्थ्यको कामना गरिरहेका थिए ।

कतारमा भएको विश्वकप फुटबल खेलका दौरान पेलेको स्वास्थ्य लाभको कामना गर्दै समर्थक ।

फुटबलप्रति कुनै रुचि नराख्ने पनि उनलाई किंग भनेर पुकारिरहन्थे । उनी एउटा खेलाडी थिए, जो सिफ ब्राजिलियनन्स भए, धेरै वर्षसम्म ब्राजिलको क्लब सान्तोसबाट खेलेर । जबकी उनलाई धेरै विदेशी लिगहरुमा जाने बाटो खुला थियो । सन् १९६१ मा राष्ट्रपति जानियो क्वाड्रोसले पनि उनलाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा गरे, जसको अर्थ वर्षौंसम्म उनलाई विदेशमा क्लबहरूका लागि खेल्नका लागि ‘निर्यात’ गर्न सकिँदैनथ्यो । यो पेलेको हैसियतका साथै राष्ट्रका लागि गौरवको विषय थियो ।

एक देश जहाँ जातिवाद र वर्गवाद अझै पनि हावी छ, त्यहाँ पेले, एक गरीब पृष्ठभूमिका एक श्वेत फुटबलर, एक अविश्वसनीय सफलता कथा थिए । उनले नस्लवादको बारेमा विरलै कुरा गरे, जुन अडानका कारण कहिलेकाहीं उनी आलोचित पनि भए । तर, उनले सँधैं राष्ट्रलाई एकतावद्ध बनाउन, गरिब ब्रालिलियनलाईहरुलाई पनि समान अवसर दिन फुटबलको शक्तिको समर्थन गरे ।

सन् १९७० मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा ब्रालिजलाई च्याम्पियन बनाएपछि पेले ।

जब राजनीतिको कुरा आउथ्यो, पेले आफ्नो शिरलाई लुकाउँथे । जसलाई केहीले उनको विशाल प्रभावकाबीच त्यस्तो गर्नु कमजोर पक्ष रहेको आँकलन गर्थे । यद्दपि एक यस्तो देश जो राजनीतिका कारण फेरि एक पटक विभाजित भएको छ, कठिन अवस्थामा पनि उनी राजनीतिबाट अलग नै रहे । जसबाट उनीप्रतिको सम्पूर्ण ब्राजिलियन जनताको राजाका रुपमा सार्वभौमिक प्रेम र सम्मान बढायो, चाहे त्यो मैदान भित्र रहँदा होस् वा बाहिर रहँदा वा जीवनको अन्तिम क्षणमा ।

यी महान खेलाडी अब सदाका लागि बिदा भइसके । तर, उनले छोडेर गएका सम्झनाहरु ब्राजिलियन र विश्वभरका फुटबल समर्थकमा सधैँ जीवित रहिरनेछन् ।