नुवाकोट– स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नुवाकोटमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै गएको छ ।


ADVERTISEMENT


निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक चहलपहललाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला निर्वाचन कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चौबीसै घन्टा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जिल्लाको विभिन्न स्थानमा हुने निर्वाचनसम्बन्धी राजनीतिक कार्यक्रममा पनि प्रहरीले सुरक्षा व्यवस्थामा प्राथमिकता दिएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए।

निर्वाचनसम्मका लागि जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ, प्रहरी उपरीक्षक बोहराले भने – निर्वाचनका समयमा उच्च सुरक्षा व्यवस्थापनका लागि थप सुरक्षाकर्मी माग गरिएको छ ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा स्थानीय तहअनुसार सुरक्षाकर्मीको अस्थायी युनिट र प्रहरी पोस्टसमेत निर्माण गर्न लागिएको जनाएको छ ।