काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातीदेखि लागू हुनेगरी नयाँ मूल्य तोकेको हो ।


ADVERTISEMENT


जसअनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले घराएको छ । यससँगै अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँमा किन्न पाइने छ ।


ADVERTISEMENT

# # #


यस्तै निगमले हवाई इन्धनको मूल्य समेत आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटाएको छ । नयाँ मूल्य अनुुसार अब हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्ने भएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ । नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता करिब १८ अर्ब बाँकी रहे पनि आम उपभोक्तालाई ध्यानमा राखेर मूल्य घटाइएको निगमले जनाएको छ ।