काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । पार्टी पदाधिकारी बैठकमा दाहालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT


मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने प्रस्ताव गरे । यद्यपि पार्टीमा कांग्रेसका पदाधिकारीबीच एक मत हुन नसकेपछि यसबारे केन्द्रीय समितिले निर्णय गर्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हाल जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन परिसरमा जारी बैठकमा पार्टीका पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्य उपस्थित छन् । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्नेछ । त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ ।

यसअघि आज बिहान सभापति देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा पनि विश्वासको मतका सम्बन्धमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत मागेका थिए। जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने कार्यसूची छ ।