काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफुले देश र जनतासामू गरेको प्रतिवद्धताहरु पुरा गर्नका लागि विश्वासको मतले थप जिम्मेवारी र चूनौति थपेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि आफुले अनुमानका आधारमा सिंगो संसदको मत पाउने भनेपछि अहिले यथार्थमा परिणत भएको भन्दै प्रचण्डले निकै हर्ष र गौरवको अनुभूति भएको बताए । उनले भने, ‘हिजो मलाई सिंगै हाउसको समर्थन हुन्छ भनेको थिएँ, त्यो मैँले अनुमानको आधारमा भनेको थिएँ । आज त्यो यथार्थमा परिणात भएको छ । मलाई निकै हर्ष र गर्वको अनुभूति भएको छ । साथै निकै ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस भएको छ ।’

उनले आफूले गरेको प्रतिवद्धता पूरा गर्नका लागि विश्वासको मतले ठूलो उर्जा दिएको प्रतिक्रिया दिए । उनले कांग्रेससंग कुनै पनि सर्तमा सहमति नभएको र केपी ओली र आफुबीच पनि कुनै मतभेद र समस्या नभएको स्पष्ट पारे ।

मंगलबार संसदमा २६८ सांसदको मतका साथ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका थिए ।