काठमाडौँ – संघीय सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।


ADVERTISEMENT


शर्माले हिजो मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिएकी थिइन् । यसअघि सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।


ADVERTISEMENT

# # #


सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्रीले पाउने प्रचलन रहेको छ ।