काठमाडौँ– संघीय संसद भवनअगाडि एक युवाले आत्मदहको प्रयास गरेको छ । इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो संघीय संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।


ADVERTISEMENT


उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्केलगत्तै बानेश्वरबाट तीनकुने मार्गको मुख्य सडककै बीचमा आफूमाथि पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए ।


ADVERTISEMENT

# # #


उनले के कारणवश् आत्मदहको प्रयास गरेका हुन् यसबारे कुनै जानकारी प्राप्त भएको छैन ।

हाल उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।