काठमाडौँ – नाबालिका बलात्कारमो अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।


ADVERTISEMENT


महान्यायाधीवक्ताको कार्यालय लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशलाई बदर गर्न माग गर्दै सर्वोच्च जाने भएको हो । त्यसका लागि एकदुई दिनमै सर्वोच्चमा रिट निवेदन दिने बताइएको छ । रिटमा सन्दीपलाई पुनः थुनामा राखेर नै मुद्दाको सुनुवाई गरिनुपर्ने माग राखिने प्रवक्ता सञ्जिवराज रेग्मीले बताए ।


ADVERTISEMENT

# # #


गत भदौ २१ गते नुवाकोटकी एक नाबालिकाले लामिछानेले आफूले भदौ ५ गते राती काठमाडौँको एक होटेलमा लगेर बलात्कार गरेको आरोप लगाएकी थिइन् । केन्यासँगको अन्तर्राष्ट्रिय क्रिकेट सिरजका लागि भदौ ६ गते नेपाल छाडेका उनी सिरिजपछि क्यारेबियन प्रिमियर लिगका लागि वेष्ट इण्डिज पुगेर त्यतैबाट सम्पर्कविहीन भएका थिए । त्यसपछि प्रहरीले लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिएपछि उनी अन्ततः नेपाल फर्किएर र असोज २० गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

गत कार्तिक १८ गते जिल्ला अदालत काठमाडौँले सन्दीपलाई मुद्दाको अन्तिम सुनुवाई नभएसम्म पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन भएका थिए । उच्च अदालत पाटनले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका उनी उक्त आदेशसँगै छुटेका थिए ।