काठमाडौं-नेपालले पाँचौं नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रूपमा सुरु हुने प्रतियोगिताको खेल तालिका परिवर्तन भएपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ । यस्तै बुधबार बंगलादेश खेल्नेछ।


ADVERTISEMENT


यस्तै दुबइृमा जनवरी १३ मा श्रीलंका, १४ मा भारत र जनवरी १५ मा अस्ट्रेलियासँग खेल्नेछ ।


ADVERTISEMENT

# # #


विश्वकपको ट्रफी भने पाकिस्तानमा शनिबार सार्वजनिक गरिएको छ । लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको हो ।

नेपालका कप्तान क्रितन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्वअध्यक्ष सुल्तान साहलगायतले विश्वकपको ट्रफी सार्वजनिक गरेका थिए ।

पूर्वकार्यक्रमअनुरूप भारतले पनि पाकिस्तानमा विश्वकप खेल्ने तय भएको थियो। तर, भारतको विदेश मन्त्रालयले पाकिस्तानमा खेल्न अनुमति नदिएपछि भारतले दुबईमा खेल्ने भएको छ ।

विश्वकप ट्रफी तीन राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए । यससँगै दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्नेछ। यसैबीच विश्वकपको फाइनल खेलको स्थान यसअघि पाकिस्तान भए पनि परिमार्जन गरिएको छ । भारतबाहेक एसियाली राष्ट्र विश्वकप फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ ।

तर, अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ । फाइनल खेल १८ जनवरीमा दुबई अथवा पाकिस्तानको लाहोरमा हुनेछ ।