काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।


ADVERTISEMENT


सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका हुन् । उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने बताए । उनले बजेटका बारेमा बिस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘बजेटले संकट दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन ।’ अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब, ९३ अर्ब ८३ करोडको बजेट पेश गरेका थिए ।