काठमाडौँ— आइतबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।


ADVERTISEMENT


गत १५ जेठमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजदेखि सदनमा छलफल सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


दुवै बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत छ ।