काठमाडौं-अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वोच्च प्रशासनले बयान सुरु गर्न केही समय अझै केही लाग्ने र उनलाई केही असहज महसुस भएपछि एम्बुलेन्समा आराम गर्न दिइएको छ ।


ADVERTISEMENT


मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएका डा. केसीले केही असहज महसुस गरेको बताएपछि उनलाई आराम गर्न एम्बुलेन्समा राखेर सर्वोच्च पछाडिको खालि स्थानमा लगिएको छ।


ADVERTISEMENT

# # #


केसीसँग सुरुमा बयान लिने र बयान सकिए अवहेलना मुद्दामा सुनुवाइ सुरु हुने सर्वोच्च स्रोतले जनाएको छ । तर पेसी सूचीमा केसीको मुद्दा परेको छैन ।

बयान सकिए मंगलबार नै पूरक पेसी सूची सार्वजनिक हुनेछ वा अर्को दिन सुनुवाइ हुनेछ । केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी उपस्थित छन् ।केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको थियो ।