दाङ— तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा शनिबार बिहान आगलागी भएको छ ।


ADVERTISEMENT


बिहान २:३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । तेल मिलमा आगलागी भएको र आफूले  झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए ।


ADVERTISEMENT

# # #


आगलागी भएको खबर पाएलगत्तै ठूलो संख्या स्थानीय, पानी ट्यांकर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा शनिबार विहान आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

आगलागीबाट २ करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।