काठमाडौँ – मलेसियामा जारी यू–१९ एसीसी प्रिमियार कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज जापानको सामना गर्दैछ । शनिबार मलेसियाको क्यालालम्पुरस्थित बायुमास ओभल मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको हो ।
आज जित हात पारे नेपाल यही डिसेम्बरमा पाकिस्तानमा हुने यू–१९ एशिया कपमा छनोट हुनेछ । १६ वटा टिमलाई ४ समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ‘ए’मा रहेको नेपाल ३ वटै खेलमा विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
यता समूह ‘डी’को विजेता बन्दै जापान सेमिफाइनल पुगेको हो । आजको विजेता टोलीले समूह दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि फाइनलमा भिड्नेछ । समूह ‘बी’को विजेताका रुपमा युएई र समूह ‘सी’ विजेताका रुपम सिंगापुर सेमिफाइनल पुगेका छन् ।