काठमाडौँ- संक्रमणकालीन न्याय सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रेका मानवअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


मानव अधिकार तथा शान्ति समाजले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई मानव अधिकारमैत्री बनाउनुपर्ने माग राख्दै संसद भवन अगाडी प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


विभिन्न प्लेकार्डसहित निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै समाजले प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर, पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।