काठमाडौं-इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि १-० को जित निकाल्दै ३ अंक जोडेको हो ।


ADVERTISEMENT


बर्नलीको मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मार्सियलले गोल गर्दै युनाइटेडलाई जित दिलाएका हुन् । मार्सियलले खेलको ५४ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण ३ अंक दिलाए ।


ADVERTISEMENT

# # #


यो जितसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीविरुद्ध अंक दुरी समेत घटाएको छ । लिगको दोस्रो स्थानमा रहेको युनाइटेडको ५३ अंक छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ । चेल्सी ५० अंकसहित तेस्रो स्थानमा छ।