सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी । पूर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै प्रख्यात यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाइमा रहेको छ । सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो । यसै कुण्डको नामबाट जिल्लाको एक मात्र नगरपालिका सोलु दूधकुण्ड नगरपालिका नामकरण गरिएको हो । तस्बिर : सुवास दर्नाल/रासस


ADVERTISEMENT