काठमाडौँ– निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफुले मुलुकमा सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा श्रेष्ठले आफुले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


मिटरव्याज पीडितको समस्या गर्नका लागि आयोग गठन गरेर काम गरेको र अहिले जिल्ला प्रहरी कार्यालयमार्फत उनीहरुको समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए ।

उनलेमिटरव्याज पीडितको समस्यामा मन्त्रालयले निरन्तर ध्यान दिनुपर्ने धारणा राखे । श्रेष्ठले बिभिन्न प्रकरणमा भएका अनुसन्धानलाई नरोक्न र थप प्रभावकारी ढंगले अनुसन्धान गर्न आग्रह गरे ।

श्रेष्ठलाई गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतले विदाई गरेका थिए ।