काठमाडौँ– पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


पार्टी सभापति रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्तिबारे रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेपछि खरेलले पार्टीलाई राजीनामा पत्र पठाएका हुन् ।


ADVERTISEMENT

# # #


खरेलले जवाफको साटो राजीनामा पत्र केन्द्रीय कार्यालयमा पठाएको स्रोतले बताएको छ । अंग्रेजीमा लेखेको राजीनामा पत्रमा खरेलले लेखेका छन्, ‘सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ ।’

खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन् ।

‘यद्यपि, पछिल्लो विकासक्रम तथा मेरो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न सकेन,’ उनले लेखेका छन् ।