काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक’ को १२औं शृङ्खला विभिन्न कार्यक्रमहरु गरी भव्यरुपमा मनाएको छ ।


ADVERTISEMENT


बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ‘ग्लोबल मनी वीक’ गरिमाले देशभरका विभिन्न स्थानमा कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।


ADVERTISEMENT

# # #


विकास बैंकले काठमाडौँ उपत्यकको हात्तीगौंडा, नया¤बानेश्वर संगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहु¤को दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवलमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

यस्तै स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगढी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन भ्रमण गराउनूका साथै बाराको सिमरा, सुर्खेतको विरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितण कार्य सम्पन्न गरेको छ ।

कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएको गरिमाले जनाएको छ । यस विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु गर्दै आईरहेको छ ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ः मार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।