काठमाडौं– प्रदेश नम्बर २ मा प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन २ गते हुने भएको छ । आईतबार जनकपुरस्थित नगर विकासको हलमा बसेको प्रदेशसभाको पहिलो बैठकले आगामी फागुन २ गते प्रदेश सभा सभामुखको निर्वाचन गर्ने मिति तय गरेको हो ।


ADVERTISEMENT


बैठकमा बोल्दै प्रदेशसभाका सांसदहरुले प्रदेश नम्बर २ लाई सबैभन्दा उत्तम प्रदेश बनाउने उदघोष गरेका छन् । संघीय समाजवादी फोरम, नेपालका सांसद लालबाबु राउतले प्रदेश नम्बर २ लाई समृद्ध बनाउन सबैलाई साथ दिन पनि आग्रह गरे ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद जितेन्द्र सोनलले पीछडिएका समूदायलाई अघि बढाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले प्रदेश नम्बर २ का जनताको चाहना अनुसार विकास निर्माणको कामलाई अघि बढाउने योजना पनि अघि सारे ।
प्रदेश नम्बर २ मा दुई ठूला दल संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपाल सरकार गठन गर्ने तयारीमा छन । प्रदेश नम्बर २ को प्रदेशसभामा १ सय ७ जना सांसद रहनु भएको छ । प्रदेश सभा २ को अर्को बैठक आगामी माघ २९ गते बस्नेछ ।