काठमाडौं– ग्लोबल आइएमई बैंकले आइतबारबाट पाल्पाको तानसेन र काठमाडौको जोरपाटीमा थप २ नयाँ शाखा बिस्तार गरेको छ । ग्लोबल आइएमई बैंकले पाल्पा जिल्लामा पहिलो शाखा कार्यालय खोलेको हो भने जोरपाटीमा ३५ औँ शाखा कार्यालय खोलेको हो ।


ADVERTISEMENT


२ नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ । बैंकले शाखा मुलुकका हरेक क्षेत्र र वर्ग सम्म सेवा पुर्याउने उद्धेश्यले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।