काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप खेल्न अमेरिकाको भिसाका लागि पहल गर्न माग गर्दै उनका समर्थकहरुले काठमाडौंमा र्याली निकालेका छन् ।
विश्वकप खेल्न अमेरिकन दूतावासले भिसा दिन इन्कार गरेको अवस्थामा सरकारले नै भिसाको पहल गर्नुपर्ने भन्दै उनीहरुले काठमाडौंको माइतिघर देखि बालुवाटारसम्म र्याली निकालेका हुन् ।
प्रदर्शनकारीले विश्वकपमा नेपाली टीमलाई बलियो रुपमा प्रस्तुत गर्न सन्दीपको सहभागीता हुनुपर्ने भएकाले विश्वकप खेल्न जान भिसा दिनुपर्ने माग गरेका छन् ।
र्याली पछि उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिक निषेधित क्षेत्रमा धर्ना दिएका छन् । सो क्रममा केही प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी हटाएको थियो ।