पोखरा – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथग्रहण गराएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाण्डेको मन्त्रिपरिषद्‌मा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बनेका छन् । कास्कीका बिन्दु थापाले सामाजिक विकास, ऊर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।