काठमाडौँ – नेपाल प्रहरीले सुरक्षित रुपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरु बढदै गएको भन्दै सुरक्षित रुपमा बैंकिङ कारोवार गर्न आग्रह गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक दिनेश राज मैनालीले नियतवस वा अन्जानमा बैंकिङ कसुरका घटनाहरु बढ्दै गएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


गत आर्थिक वर्षमा १६ हजार ३ सय २२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको भन्दै उनले यस आर्थिक वर्षमा अहिलेसम्म १३ हजार ३ सय १० वटा मुद्दा दर्ता भएको बताए ।

आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक दिने घटनाहरु धेरै आएको प्रहरीले जनाएको छ । बैंकिङ कसुरका घटनाहरु बढदै गएपछि प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको प्रहरी बरिष्ठ उपरिक्षक मैनालीले बताए ।

उनले बैङ्किङ कसुर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिने हदम्याद रहेको जानकारी दिए । बैंकिङ कसुरका प्रतिवादी कतिपय मिटरब्याजबाट पीडितसमेत रहेको भन्ने आशङ्का रहँदारहँदै पनि स्पष्ट कानुनी आधार र पर्याप्त प्रमाणको अभावले प्रतिवादी पीडित हुने अवस्था रहेको उनले बताए ।

मैनालीले बैंकिङ कसुरका घटना धेरै आएपछि प्रहरीहरु उक्त विषयमा केन्द्रित हुनुपर्दा अन्य शान्ति सुरक्षा, गम्भीर अपराधको अनुसन्धानमा प्रत्यक्ष वा परोक्षरुपमा असर पुगेको धारणा राखे ।