काठमाडौँ – कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आफुहरुको व्यवसायलाई विस्थापीत गर्ने उदेश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै यसका बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले काठमाडौं महानगरका नगर प्रहरीले जवरजस्त शैलीमा आफ्नो व्यवसाय हटाउने काम गरेको बताए । उनले आफूहरुको समस्याका बारेमा प्रधानमन्त्री लगाएत सबै निकायमा जानकारी गराएपनि कुनै सुनुवाई नभएको धारणा राखे ।

उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको उनले बताए ।

उनले महानगरको ज्यादतिविरुद्ध आफूहरु आगामी असार २ गतेदेखि सशक्त संघर्षमा उत्रिन लागेको जानकारी दिए । कवाड व्यवसायी कृष्ण यादवले काठमाडौं महानगरले श्रमिकहरुको सम्मान नगरेको भन्दै अनावश्यक दुःख दिएको बताए ।