काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जानुभएका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा विदेश मन्त्रालयका विशेषसचिव पी कुमारनले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी भारत भएका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार नै स्वदेश फर्कने कार्यक्रम छ ।



























































