काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमार्फत विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले लेखेका छन्, ‘मेरो यात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा भाइ पारस खड्का दाई, मेरा वकिल सरोज के घिमिरे दाई, विनोद दास दाई, प्रबल गौतम दाई र प्रिय बालकृष्ण लामिछाने दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’


ADVERTISEMENT

# # #


उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।

साथै उनले आफ्नो भिसाको सन्दर्भमा क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न आग्रह गर्दै उनले अघि भनेका छन्, ‘मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेका छन्, कृपया मेरो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्नुहोला ।’

१० वर्षपछि विश्वकप खेल्दै आएको नेपाल क्रिकेटलाई मनाउन आग्रह गर्दै सन्दिपले सकारात्मक सहयोग र आशिर्वादको अपेक्षा राखेका छन् ।