काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ ।


ADVERTISEMENT


नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लवको आयोजनामा बिभिन्न निजि , सरकारी तथा सामाजिक संघसंस्थाहरुको सहकार्यमा बागमती नदी महोत्सव मनाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


नेवार समूदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने अभियान अन्तर्गत साढे दुई महिनासम्म हरेक साता नदि सरसफाइ, पर्यावरणीय संरक्षण लगाएतका काम गरिने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए ।

भाद्रको पहिलो शनिबार सांस्कृतिक तथा सांगितिक कार्यक्रमका साथै बाग्मती र्याफ्टीङको आयोजना गरि महोत्सवको समापन गरिने उनले बताए ।

नेपाल सरकारले आगामी आर्थिक वर्षक ा लागि बागमती सफाइ र सम्यता परियोजनाका लागि २ अर्व ७२ करोड बिनियोजन गरेको सम्दर्भमा यस कार्यक्रमको महत्व झन् बढेको आलेले उल्लेख गरे ।