-विक्रान्त पाण्डे


ADVERTISEMENT


बजेट सरसर्ती नियाल्दा यसपटकको बजेटमा पनि सरकारबाट बिमालाई प्रोत्साहन नभएको देखिन्छ । यसरी सरकार पक्षबाट नै बिमा उपेक्षित हुनुलाई गरिब मुलुकको दुर्भाग्य नै मान्नुपर्छ । यसका प्रमुख कारणमध्ये नेपालको हकमा गरिब मात्र नभई शिक्षा र ज्ञानको अभावलार्ई पनि मान्न सकिन्छ ।


ADVERTISEMENT

# # #


बिमा अर्थतन्त्रको मेरुदण्ड हो । तर, बिडम्वना यस्तो आर्थिक, सामाजिक र व्यावसायिक औजारको उपयोगमा कमी आएको छ । आज संसार बिमाबिना असम्भव जस्तै देखिन्छ । यद्यपि त्यस किसिमका वित्तिय औजारको प्रयोग न्यून छ हाम्रो देशमा ।

बजेटमार्फत बिमालाई प्रोत्साहन गर्न सक्ने ठाउँहरु प्रशस्त छन् । जसको प्रयोग आज नेपाली बिमा उद्योगले खोजी रहेको छ । लगानी वृद्विको मारमा परेका साधारण लगानीकर्ताहरु प्रतिफल चाहान्छन् । तर, सरकारले आजका दिनसम्म पनि बिमाको महत्वलाई साक्षात्कार भने गर्न सकेको देखिदैँन । जसको परिणाम हामी यसपटकको बजेटमा स्पष्ट रुपमा देख्न सक्छौ ।

सरकारले बुझ्नुपर्छ साधारण जनता उत्कृष्ट अन्तर्राष्ट्रिय स्तम्भको बिमा सेवा चाहान्छन् । अतः यसका लागि बिमाको आवश्यकतालाई बसझ्न र अवलम्बन गर्न नितान्त आवश्यक छ ।

(लेखक पाण्डे बिमा विज्ञ हुन् ।)