काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि सबैले भूमिका खेल्नुपर्ने बताएकी छन् ।


ADVERTISEMENT


नेपाल साहित्यिक पत्रकार संघको १८ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा शर्माले समाजमा सकारात्मक भन्दा पनि नकारात्मक प्रवृति हावी भएको भन्दै समाजलाई सकारात्मक मार्गनिर्देशन गर्नका लागि सबैले भूमिका खेल्नुपर्ने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


निष्ठाको राजनीतिमा आफुहरु समाहित भए पनि अहिले राजनीतिप्रतिको नकारात्मक भाष्य हटाउन यस क्षेत्रलाई सुधार गर्नुपर्ने उनले बताइन् । शर्माले पत्रकारिताको इतिहासको सुरुआत नै साहित्यिक पत्रकारिताबाट सुरु भएको भन्दै यस क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर धारणा राखिन् । अब साहित्यीक क्षेत्रलाई समयसापेक्ष रुपमा सूचनामैत्री बनाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न साहित्यिक पत्रकारहरुलाई सम्मान गरिएको थियो ।