काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्षको रुपमा आफ्नो दावी कायमै रहेको बताएकबा छन् ।


ADVERTISEMENT


बिहीबार पार्टी कार्यालय आलोकनगरमा अध्यक्षको दावेदारी छाडेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो दाबी कायमै रहेको बताएका हुन् । उनले सहमतिका साथ नेतृत्व चयनका लागि आफूले पार्टीका नेताहरुसंग छलफल गरिरहेको जिकिर गरे । उनले भने, ‘सहमतिका साथ जानुपर्छ भनेको हुँ । तर, अध्यक्षमा मेरो दाबी कायमै छ ।’


ADVERTISEMENT

# # #


पार्टी नेतृत्वका लागि आफ्नो नाममा सहमति नहुने कुनै कारण नरहेको उनले बताए । नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको विषयमा विभिन्न नेताहरुको नाममा चर्चा हुदै आएको छ ।

अध्यक्ष माधवकुमार नेपालले विद्रोहमार्फत पार्टी स्थापना गरेकाले आफू दोहोरिनुपर्ने अडान राखेका छन् । यता खनालसहित महासचिव घनश्याम भुसाल समेत अध्यक्षका प्रत्यासीका रुपमा मैदानमा देखा परेका छन् ।