गुल्मी– गुल्मीमा बिहिबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।


ADVERTISEMENT


दुर्घटनामा परेर ट्याक्टरमा सवार मालिका गाउँपालिका वडानम्बर–२ दर्लिङ् बस्ने टिकाराम वि.क.को छोरा अन्दाजी ६ वर्षको शिव वि।क मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा नगरपालिका वडानम्बर–४ रायढुङ्गा स्थित तम्घास– सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ट्याक्टर चालक धुर्कोट गाउँपालिका वडानम्बर-५ बस्तु बस्ने २६ वर्षका दिपक गोतामेको टाउको अनुहार भागमा चोट रहेको र अवस्था गम्भीर रहेको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-९ उपल्लो तम्घास बस्ने १९ वर्षका राज कुमार वि।क।घाइते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागी पाल्पा रिफर भएको डिएसपी पोखरेलले बताए । दुर्घटनाको कारण भने खुलेको छैन ।