काठमाडौँ – नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्म प्रविधि नेपालको हितमा रहको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने बताएका हुन् । ठूलो आट गरेर सुरु गरेको उक्त प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले टेरामक्मका विषयमा केहि सांसदहरुले अनावश्यक टिकाटिप्पणी गरेको भन्दै आपत्ती जनाए । त्यस्तै उनले बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह समेत गरे ।

त्यस्तै नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताए । सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । उनले जननेता भण्डारीले संसदलाई शान्तिपूर्ण सङ्घर्षको क्षेत्र बनाउनुपर्नेमा जोड दिएको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राखेको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एसइई परीक्षाको परीक्षाफलमा ५२ प्रतिशत असफल भएको भन्दै यसका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने र संघीय शिक्षा ऐनलाई परिमार्जन सहित पारित गर्नुपर्ने धारणा राखे ।

बैठकमा ऊर्जा जल स्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलस्रोत विधेयक २०८१ प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक असार १६ गते आइतबार बोलाइएको छ ।