काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर करिब ३२ सय केजी सुन तस्करी भएको दाबी गरेको छ ।


ADVERTISEMENT


सीआईबीले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको हो । ५ वटा डमी कम्पनीमार्फत गरिएको तस्करीमध्ये भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको सीआईबीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैगरि दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी गरिएको थियो।

यो समूहले सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ। सीआईबीका अनुसार गिरोहले तस्कर गरेको सुनको मूल्य मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ रहेको छ ।

३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गर्ने तयारी भइरहेको छ। हाल २० जना पक्राउ छन् भने २५ जना फरार रहेको सीआईबीले जनाएको छ।

पहिलो चरणको अनुसन्धानमा २५ जना पक्राउ परेकामा २४ जना थुनामा छन्।