काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न नहुने बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सत्तासमीकरण फेरबदलको रुपमा चर्चा गर्ने गरिएको भन्दै शीर्ष नेताहरुबीच छलफल हुँदा सत्तामा मात्रै जोडेर हेर्न नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अहिले नै सत्तासमीकरण फेरबदलको चर्चामा सत्यता नरहेको पनि बताए । उनले दलहरुबीचको छलफलले राष्ट्रिय मुद्दाहरुमा साझा धारणा बनाउनुपर्नेमा जोड दिए । त्यस्तै सापकोटाले शान्ति प्रक्रिया माओवादीको मात्रै विषय नभएकाले सिंगो राष्ट्रका लागि पनि यसलाई निष्कर्षमा पुर्याउनुपर्ने धारणा राखे ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि दलहरुबीच सहमतिको वातावरण बन्नुपर्ने उनको भनाइ छ ।