बारा – प्रत्येक वर्ष विभिन्न सौन्दर्य कला तथा कलाकारिता क्षेत्रमा प्रतिभाशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको ‘हिमालयन मुभी प्रोडक्सन हाउस’ले यस वर्ष नेपाल फेसन एण्ड इन्टरनेशनल अवार्ड २०२४ पिरामिड इजिप्टको काइरो सहरमा सम्पन्न गरेको छ ।
अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार तथ सौन्दर्य प्रतिभाशाली व्यक्तिवहरुको सहभागिता रहेको थियो । सोही अवार्ड समाहारोमा बाराकी सजना खतिवडा चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट सम्मानित भएकी छन् ।
कार्यक्रममा चर्चित गायक धिरज राईले सजनालाई वार्ड प्रदान गरेका थिए । खतिवडाले बिगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ नेपाली सौन्दर्य क्षेत्र, कलाकारिता र सामाजिक कार्यका लागि निरन्तर सक्रिय रहँदै आएकी छन् ।
सजनाले गत बर्ष पनि थाइल्यान्डमा भएको समाहारोमा ‘मस्ट पपुलर म्याक्प आर्टिस्ट’ अवार्ड पाएका थिइन ।



























































