काठमाडौँ– काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ ।


ADVERTISEMENT


गएराति भएको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो । ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ ।


ADVERTISEMENT

# # #


सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ। काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा महानगरकै केही कार्यालय अझै छन् ।

महानगरको ती कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ। यसअघि काठमाडौं महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो ।

कमलादीमा कार्यालय तयार भएपछि मेयर उपमेयरको कार्यालय कमलादी सारिएको हो ।

जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।