चितवन – भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक वृद्व बिरामीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका– २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । मगर आज साढे ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएकोमा सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी बुधबार पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।
उनी आज बिहान १० बजेर ४० बजे अस्पतालको झ्यालबाट खसेका थिए । डीएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको जानकारी आएको थियो ।
उनले बाँकी विषयमा भने प्रहरीको अनुसन्धान भइरहेको जानकारी दिए ।



























































