काठमाडौँ – श्रीलंकामा जारी एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपाले पहिले ब्याछिङ गर्ने भएको छ । आइतबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।


ADVERTISEMENT


खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो । आज पाकिस्तानसँग जित हात पार्दै सेमिफाइनल पक्का गर्ने नेपालको दाउ रहेको छ । यता पहिलो खेलमा भारतसँग हारेको पाकिस्तान सेमिफाईनलको यात्रालाई जीवितै राख्न आज जित्नैपर्ने दबाबमा रहेको छ ।


ADVERTISEMENT

# # #


८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । सोही समूहमा पाकिस्तानसहित युएई र भारतसमेत रहेका छन् । यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।

पाकिस्तानविरुद्ध नेपालको प्लेइङ-११
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, कविता कुँवर, कविता जोशी, पूजा महतो, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ (विकेट), कृतिका मरासिनी र रोमा थापा ।