काठमाडौँ– अहिले चर्चाको केन्द्रमा रहेको प्रभु बैंकको झापा शाखामा भएको घटनाको बारेमा बैंकले स्पष्टीकरण दिएको छ । उक्त भटनाबारे हाल आवश्यक छानबिन भइराखेको र दोषीउपर काननी कारवाही अघि बढाइएको बताइएको छ ।
उक्त शाखा कार्यालयका निक्षेपकर्ता मञ्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेस गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नपाइएपछि सो घटनाक्रममा कानुनी कारवाही अघि बढाइएको जनाएको हो ।
बैंकको कोशी प्रदेश प्रमुख बद्री कुमार कटवालले भनेका छन्, ‘आवश्यक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको छ ।’



























































