काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयकपछि अब कानुनी आधार दिन कुनै अन्योल र द्धिविधा नभएको बताएका छन् ।


ADVERTISEMENT


बुधवार कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धिविधा नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले उक्त विधेयकलाई संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धतासमेत गरेका छन् । हिंसाका सबै अभ्यासहरुलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरु रहन आवश्यक नरहेको उनको भनाई छ ।

विगतमा विभिन्न अभ्यास भए पनि अब लोकतन्त्र आइसकेको स्थितिमा हिंसा र विधिबिहीनताको बाटो आवश्यक नभएको उनले स्पष्ट पारे ।