काठमाडौँ – नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी पाइलटसहित ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा हेलिकप्टर पाइलट अरुण मल्ल रहेका छन् भने अन्य ४ जना चिनियाँ पर्यटकमध्ये एक महिलारहेका छन् ।


ADVERTISEMENT


नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्”, उनले भने ।


ADVERTISEMENT

# # #


बुधबार 9N-AJD हेलिकप्टर कल साइनको हेलिकोप्टर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि दिउँसो १ बजेर ५४ मिनेट जाँदा उडेको थियो । काठमाडौँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । दुर्घटनाको कारण खुलेको छैन ।