काठमाडौं– प्रदेश नम्बर २ मा मधेसी गठबन्धनमा आवद्ध दुई दलले सरकार गठनको तयारी सुरु गरेका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा सरकार गठनका लागि पहल सुरु गरेका हुन् ।


ADVERTISEMENT


प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्रीका लागि बहुमत जुटाएर आउन राजनीतिक दलहरुलाई आह्वान गरेसंगै दुई दल सरकार बनाउने पहलमा लागेका हुन् । संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लाल बाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकार गठन गर्ने बताए ।


ADVERTISEMENT

# # #


राजपा नेपालका नेता मनिषकुमार सुमनले पुर्व सहमति अनुसार नै २/३ दिन भित्रै सरकार गठन हुने बताए ।
प्रदेशसभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई दलले मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपाललाई र सभामुख राजपालाई दिने गरि यसअघि नै सहमति गरिसकेका छन् ।