काठमाडौँ– नेकपा एमालेका सांसदले आफुलाई सहि प्रमाणित गर्नका लागि राजीनामा दिएर छानविनका लागि मार्गप्रशस्त गर्न उपसभामुखलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले नेता गोकुल बास्कोटाले विभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि धेरै प्रश्न उठेकाले आफुलाई सहि प्रमाणित गर्नका लागि राजीनामा दिएर छानविनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफुलाई सहि प्रमाणित गर्ने बाटो पनि लोकतन्त्रमा रहेको उनले जनाए । आफुमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण गराउदैँ बास्कोटाले प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने जिकिर गरे ।

साथै उनले सांसदहरुमाथि नै प्रश्न उठ्दा के गर्ने ? भनेर कानून बनाउनुपर्नेमा समेत जोड दिए । उपसभामुखका बारेमा सरकारले कुनै निर्णय गर्यो की गरेन भन्ने कुरा सरकारको बिजनेस नभई संसदको बिजनेस भएको उनको भनाई छ ।