काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष “मुक्तिनाथ म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने योजना “मुक्तिनाथ म्युचुअल फण्ड १” को इकाई जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती प्रदान गरेको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष रहेको छ ।
नेपाल धितोपत्र बोर्डबाट मिति २०८१/७/७ गते प्रति इकाई अंकित मूल्य रु.१०/– दरको १० करोड इकाईले हुन आउने कुल रु.१ अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृती प्रदान गरेको हो ।
कुल योजनाको आकार मध्ये रु.१५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको रु.८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन गरिनेछ ।
१० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी योजना रहेको छ । इकाईधनीहरुबाट संकलित रकम प्रचलित कानुन अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचिकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य उपकरणहरुमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ ।
योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरुलाई दक्ष लगानी सेवाद्घारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामुहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पु¥याउने उद्देश्यले योजना संचालन गर्न लागिएको हो । निष्काशन सम्बन्धी अन्य सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी यहि आउँदो मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रिमा ल्याउने मुक्तिनाथ क्यापिटल लि.ले जानकारी गराएको छ ।
साथै, कोष प्रवद्र्घक मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘केयर–एनपी बीबीबी(आईएस) रेटिङ्ग प्राप्त गरेको छ, भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले’ आईआरएन एएमसी क्वालटिी ३ (एएमसी क्वालिटी ३) एस्सेट म्यानेजमेन्ट कम्पनी क्वालिटी थ्री’ रेटिङ्ग प्राप्त गरेको छ ।
सामूहिक लगानी कोषका इकाईधनीहरु तथा सहभागीहरुका हित संरक्षण कार्य गर्नका लागि कोष सुपरिवेक्षकको रुपमा डा.नरहरी ढकाल, त्रिलोचन पंगेनी, वरिष्ठ अधिवक्ता मोती राज गौतम, सिए अनिल पौडेल रसुनिता सिग्देल रहेका छन् ।


























































